बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई « Khabarhub

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ । बिहीबार बिहान आफैँ उपस्थित हुने शर्तमा उनलाई छाडिएको हो । उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको बताइएको छ ।

भट्टराईलाई मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो ।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम असुल्ने गरेको आरोप भट्टराईलाई लागेको छ । त्यही प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरिएको थियो ।

भट्टराई तानिएपछि विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भइसकेका छन् ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक रहेका भट्टराईलाई नौ महिनाअघि विमानस्थलको प्रमुख बनाइएको थियो। विमानस्थल मालदार अड्डाका रूपमा चिनिन्छ । अवैध रुपमा पैसा उठाउने कार्यालयका रुपमा विमानस्थल अध्यागमन कार्यालय बदनाम छ ।

विमानस्थलमा अनधिकृत रुपमा उठाएको पैसालाई नै लिएर यसअघि नायब सुब्बाहरूबीच विवाद भएको थियो । त्यहीक्रममा एकजना कम्प्युटर अपरेटर झगडा झिकेका थिए । त्यसपछि ती नायब सुब्बा र कम्प्युटर अधिकृतको सरुवा भइसकेको छ।

विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ११ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै