अमेरिकाले साउदीमा सेना पठाउने « Khabarhub

अमेरिकाले साउदीमा सेना पठाउने


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरेबियाका २ ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि अमेरिकाले सेना पठाउने योजना बनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री डा। मार्क टी स्पेर र अमेरिकी सेनापति जोइ डनफोर्डले राष्ट्रपति ट्रम्पको आदेशपछि इरानको घातक गतिबिधि रोक्न साउदी अरेबियामा सेना तैनाथ गर्न लागिएको जानकारी गराएका हुन।

अमेरिकी सेनालाई कहिले देखि र कतिको संख्यामा पठाउने भन्ने बारे खुलाइएको छैन ।

इरानको समर्थन पाएको यमनको हुथी बिद्रोहीले साउदीको तेल प्रशोधन केन्द्रमा गरेको हमलाको जिम्मा लिएपछि अमेरिकाले साउदीको सुरक्षाका लागि योजना बनाएको हो ।

साउदी अरेबिया र अमेरिकाले तेल प्रशोधन केन्द्रको आक्रमण हुथी बिद्रोहीको नभइ इरानको भएको दाबी गरेपनि इरानले दुई देशको दावी अस्वीकार गर्दै आएको छ ।

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ। अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : १७ बजे

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय