आर्थिक उन्नयनका निम्ति ऊर्जाको विकास अपरिहार्य : डा. महत « Khabarhub

आर्थिक उन्नयनका निम्ति ऊर्जाको विकास अपरिहार्य : डा. महत


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– अर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज बिहान निरीक्षण गरेपछि उनले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधिकतम उपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताए ।

ऊर्जाका माध्यमबाट औद्योगिक विकासका साथै बिजुली बेचेर देशलाई समृद्ध बनाउन सकिने तथा विद्युतीय वाहनको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात पनि घटाउन सकिने भएकाले ऊर्जामा आत्मनिर्भर हुन सघाउने तनहुँ जलविद्युत् आयोजना निर्धारित समयमा पूरा हुनुपर्नेमा उनको जोड रहेको थियो ।

पार्टी प्रवक्तासमेत रहेका नेता महतले आयोजनाको प्याकेज र विद्युतगृहको निरीक्षण गरेका थिए । उनलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्म आयोजनामा भएका प्रगतिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : १९ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच