जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या « Khabarhub

जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले जानकारी दिए । उनका अनुसार तीमध्ये ५४ स्थायी र ४० जना सेवा करारमा छन् । 

प्रधान कार्यालयसहित ११ वटा कार्यालय रहेको संस्थानमा जनशक्ति कम भएकाले धर्म, संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा संस्थानले गर्ने काम प्रभावित हुने गरेका छ । 

संस्थानमा विसं २०७२ पछि पदपूर्ति हुन नसक्दा कर्मचारी अभाव देखिएको सूचना अधिकारी पोखरेलले बताए । उनका अनुसार पदपूर्ति गर्नेगरी विसं २०७५ मा जारी भएको विनियम सर्वोच्च अदालतको आदेशमा खारेज भएपछि कर्मचारी पदपूर्ति हुन नसकेको हो । 

पछिल्लो पटक गत फागुन १९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थानको विनियमावली स्वीकृत गरेका छन् ।

संस्थानले ‘ओएनएम सर्वे’ गरी विनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएको प्रशासक शैलेशराज कुँवरले जानकारी दिए । मन्त्रालयबाट स्वीकृत भएर आउने बित्तिकै पदपूर्ति प्रक्रिया सुरु गरिने उनले बताए । यसपटक दुई सहसचिव, १५ उपसचिव र १० जना शाखा अधिकृत खुलाउने तयारी भइरहेको संस्थानले जनाएको छ ।

यसैबीच, गत वैशाख २० गते बसेको संस्थान सञ्चालक समितिको बैठकले सङ्घीय संरचनाअनुसार कोशी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । –रासस
 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ०४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र