दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार « Khabarhub

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरेका छन्।

सियोलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको पाजु शहरमा घरेलु हिंसाको घटनामा सहयोगका लागि पुगेका प्रहरीमाथि एक व्यक्तिले उक्त आक्रमण गरेको योन्हाप न्यूज एजेन्सीले जनाएको छ ।

योन्हापका अनुसार ती अधिकारीको घाँटी, पाखुरा र शरीरका अन्य भागमा छुरा प्रहार भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । शंकास्पद व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरिएको र उनी गम्भीर घाइते भएको बताइएको छ ।

“हामीले घटनाको उद्देश्य र परिस्थितिबारे गहन अनुसन्धान गरिरहेका छौं,” एक प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग भने । चार जनालाई छुरा प्रहार गरेको केही दिनपछि एक व्यक्ति पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ ।

सन् २०२१ मा प्रति एक लाख मानिसमा एक जनाको हत्या हुने गरेको दक्षिण कोरिया सामान्यतया निकै सुरक्षित देश हो । यो हत्या दर विश्वव्यापी औसत प्रति एक लाख छ जनाभन्दा निकै कम हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : २७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक