दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार « Khabarhub

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरेका छन्।

सियोलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको पाजु शहरमा घरेलु हिंसाको घटनामा सहयोगका लागि पुगेका प्रहरीमाथि एक व्यक्तिले उक्त आक्रमण गरेको योन्हाप न्यूज एजेन्सीले जनाएको छ ।

योन्हापका अनुसार ती अधिकारीको घाँटी, पाखुरा र शरीरका अन्य भागमा छुरा प्रहार भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । शंकास्पद व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरिएको र उनी गम्भीर घाइते भएको बताइएको छ ।

“हामीले घटनाको उद्देश्य र परिस्थितिबारे गहन अनुसन्धान गरिरहेका छौं,” एक प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग भने । चार जनालाई छुरा प्रहार गरेको केही दिनपछि एक व्यक्ति पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ ।

सन् २०२१ मा प्रति एक लाख मानिसमा एक जनाको हत्या हुने गरेको दक्षिण कोरिया सामान्यतया निकै सुरक्षित देश हो । यो हत्या दर विश्वव्यापी औसत प्रति एक लाख छ जनाभन्दा निकै कम हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : २७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने