सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु « Khabarhub

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पुर्‍याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए । 

उनका अनुसार राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ । उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर रहनेछ भने नहरको एक दशमलव चार किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीन वटा जति प्र–शाखा नहर रहनेछन् । 

शाखा नहर निर्माणका लागि पाँच करोड ७९ लाख रुपैयाँमा पिएस निर्माण सेवासँग ठेक्का सम्झौता भई काम अगाडि बढेको आयोजनाका इञ्जिनियिर विनेश श्रेष्ठले जानकारी दिए । 

शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको र यसबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्‍याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको उनले बताए । लिफ्ट सिँचाइका लागिसमेत पाँच करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको श्रेष्ठले जानकारी दिए ।  

पूर्वी मूल नहरमा शाखा नहर निर्माण नहुँदा स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर सिँचाइ गर्दै आएका थिए । 
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोजनाले किसानको खेतमा पानी पुर्‍याउनुपर्ने बताए । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोए पनि सतह सिँचाइ नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था गरिदिनुपर्ने उनको माग छ । 

यस आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको छ । आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजना निर्देशक आचार्यले बताए ।

हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र  पश्चिमी मूल नहरको ४५ दशमलव २५ किमी निर्माण काम सम्पन्न भइसकेको उनले बताए । पूर्वी मूल नहरको ५३ दशमलव ५० किमीमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।  –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ११ : ४७ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।