‘जेरी अनटप’ धोका पाएपछि ‘कमब्याक’ गराउने निर्देशककै फिल्म गर्दै विपना थापा | Khabarhub Khabarhub

‘जेरी अनटप’ धोका पाएपछि ‘कमब्याक’ गराउने निर्देशककै फिल्म गर्दै विपना थापा


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नायिका विपना थापाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट ठूलो पर्दामा ‘कमब्याक’ गरिन् । नायिकाको भूमिका पाउँदै गर्दा फिल्मबाट दूरी बनाएकी उनले डेढ दशकपछि चरित्र नायिकाका रुपमा ठूलो पर्दामा ‘कमब्याक’ गरिन् ।

उनको कमब्याक सामान्य नै बन्यो । फिल्मको व्यापार पनि सामान्य नै रह्यो । तथापि यो फिल्मले विपना पुनः अभिनयमा फर्किएको सन्देश भने दियो ।

विपना अहिले अभिनयमा नै व्यस्त हुने मनस्थितिमा देखिन्छन् । उनलाई चरित्र नायिकाका रुपमा नै प्रस्ताव आउने गरेको बुझिएको छ ।

उनले अनमोल केसी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जेरी : अन टप’मा पनि अभिनय गर्ने चर्चा थियो । तर, यस टिमबाट उनले धोका पाइन् ।

फिल्मको अभिनय रहने भनेर शुभमुहूर्तमा पुगेकी उनलाई छायाङ्कनमा भने बोलाइएन । विपनाले निर्वाह गर्ने भनेको अनमोल केसीको आमाको भूमिका पूर्वमिस नेपाल उषा खड्गीलाई दिइयो । उषाले फिल्मको छायाङ्कन पनि पूरा गरिसकिन् ।

टिम ‘जेरी : अन टप’बाट धोका पाएकी विपनाले फेरि अर्को फिल्म साइन गरेकी छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आँबाट आमा’मा उनी अनुबन्ध भएकी हुन् । पन्तले बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट विपना फिल्ममा अनुबन्ध भएको जानकारी दिएकी हुन् ।

अहिलेको अवस्थामा विपनाको हातमा यो बाहेक अर्को फिल्म छैन । ‘ह्रस्व दीर्घ’बाट कमब्याक गराउने निर्देशक पन्तकै फिल्ममा उनी जोडिएकी हुन् ।

यो फिल्मको छायाङ्कन भदौबाट सुरु हुने निर्देशक पन्तले बताए। उनका अनुसार विपना यो फिल्मको शीर्ष भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।

कथा सुन्दा नै आफू भावुक भएकाले यस फिल्ममा अभिनय गर्ने मनस्थितिमा पुगेको विपनाले सुनाइन् । भनिन्, ‘फिल्मको कथा दमदार छ । म कथा सुन्दा नै रोएको थिएँ । यो नै म फिल्ममा अनुबन्ध हुनुको प्रमुख कारण हो ।’

यस फिल्मका अन्य कलाकार र प्राविधिक चयनको काम बाँकी रहेको निर्देशक पन्तले बताएका छन् । यो फिल्म आगामी फागुन १५ प्रदर्शनमा ल्याउने तयारीका साथ उनी काम गरिरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ४८ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ