साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि… « Khabarhub

साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि…


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा भएका केहि घटनाले मानिसलाई अचम्भित बनाउने गर्दछ ।

जसलाई सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ ।

उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भएको छ ।

भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक महिलाले साँढेको पुजा गर्ने क्रममा करिब २ लाख पचास हजार रुपैयाँ बराबरको सुनको मंगलसुत्र लगाइदिइन् ।

सोहि बेला अचानक बिजुली गयो । बिजुली गएपछि उनी मैनबत्ती लिन घरभित्र पसिन् । त्यहि बेला साँढेले उनको मंगलसुत्र निलिदियो ।

मंगलसुत्र निलेको देखेपछि उनले हतारमा परीवारको सदस्य डाकिन् । त्यतिबेला सम्म साँढेले आधा मंगलसुत्र निलिसकेको थियो ।

ती महिलाका पतिले साढेको मुखभित्र हात हालेर मंगलसुत्र निकाल्न खोजे । जसोतसो आधा मंगलसुत्र निस्कियो ।

आधा मंगलसुत्र निलेको साढेको गोबरमा ८ दिनसम्म मंगलसुत्र खोजियो । तर साढेले निलेको मंगलसुत्र गोबरमा निस्कएन । त्यसपछि साढेको पशु चिकित्सद्वारा शल्यक्रिया गरियो । र साँढेको पेटबाट आधा मंगलसूत्र निकालियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १ : ५९ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको