साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि… « Khabarhub

साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि…


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा भएका केहि घटनाले मानिसलाई अचम्भित बनाउने गर्दछ ।

जसलाई सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ ।

उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भएको छ ।

भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक महिलाले साँढेको पुजा गर्ने क्रममा करिब २ लाख पचास हजार रुपैयाँ बराबरको सुनको मंगलसुत्र लगाइदिइन् ।

सोहि बेला अचानक बिजुली गयो । बिजुली गएपछि उनी मैनबत्ती लिन घरभित्र पसिन् । त्यहि बेला साँढेले उनको मंगलसुत्र निलिदियो ।

मंगलसुत्र निलेको देखेपछि उनले हतारमा परीवारको सदस्य डाकिन् । त्यतिबेला सम्म साँढेले आधा मंगलसुत्र निलिसकेको थियो ।

ती महिलाका पतिले साढेको मुखभित्र हात हालेर मंगलसुत्र निकाल्न खोजे । जसोतसो आधा मंगलसुत्र निस्कियो ।

आधा मंगलसुत्र निलेको साढेको गोबरमा ८ दिनसम्म मंगलसुत्र खोजियो । तर साढेले निलेको मंगलसुत्र गोबरमा निस्कएन । त्यसपछि साढेको पशु चिकित्सद्वारा शल्यक्रिया गरियो । र साँढेको पेटबाट आधा मंगलसूत्र निकालियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १ : ५९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा