टेलर स्विफ्टप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी- उनी अब ‘हट’ छैनन् « Khabarhub

टेलर स्विफ्टप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी- उनी अब ‘हट’ छैनन्


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले चर्चामा आइरहन्छ । विवादमा पर्ने त उनको पूरानो बानी नै हो ।

कहिले राजनीतिक कदम र कहिले अभिव्यक्तिले ट्रम्पलाई विवाद वा चर्चामा ल्याइहाल्छ । अहिले फेरि उनले अमेरिकी गायिका टेलर स्विफ्टमाथि गरेको टिप्पणी भाइरल भएको छ । यसले ट्रम्पलाई पुन: एक पटक चर्चामा ल्याएको छ ।

आफ्नो निजी सामाजिक सञ्जाल ट्रुथमा ट्रपले टेलर स्विफ्टबारे लेखेका छन्, ‘के कसैले ध्यान दिनुभएको छ- जबदेखि मैले म टेलर स्विफ्टलाई घृणा गर्छु भनेको थिएँ, तबदेखि उनी हट छैनन् ?’

एक गायिकामाथिको राष्ट्रपति ट्रम्पको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट तर्क भइरहेको छ । कसैले भने यसलाई ट्रम्पले चुनावी रिस फेरेको कोणबाट लिएका छन् ।

टेलर स्विफ्टले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको खुला समर्थन गरेकी थिइन् ।

ट्रम्पको चुनावी टोलीले स्विफ्टको समर्थनलाई बेवास्ता गरे पनि पछि ट्रम्पले कडा रूपमा प्रतिक्रिया जनाएका थिए। त्यसयता स्विफ्टप्रति ट्रम्प नकारात्मक बन्दै आएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : १० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका