रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेशलाई सदर गरेको छ । उच्च अदालतको बुटवल इजलासको थुनामा पठाउने आदेशलाई सर्वोच्चले सदर गरेको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

सहकारी ठगी प्रकरणमा तल्लो तहका अदालतबाट मुद्दाको आदेश अघि बढेसँगै रवि सर्वोच्च पुगेका थिए । रवि र उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीले जिल्ला अदालत र उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशविरुद्ध निवेदन दिएका थिए ।

त्यसैगरि रविका तर्फबाट पत्नी निकिताले बन्दीप्रत्यक्षीकरण रिट हालेकी थिइन् । समग्रमा तीनवटा निवेदनमाथि सुनुवाइपछि सर्वोच्चले आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशले कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

लामिछानेको तर्फबाट गत वैशाख ७ गते श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको गत चैत २२ गतेको आदेशले पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि गत माघ १३ गते उनलाई जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटीमा छाडेको थियो । तर जिल्लाको उक्त आदेशलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याउँदै जेल पठाइदिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : ५२ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ

आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन

नयाँदिल्ली– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको

सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा