मुगुको विकट गाउँ पुलुमा 'हेलिप्याड' | Khabarhub Khabarhub

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुगु– यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ ।

सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका छन् ।

उनले भने, ‘मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्,  सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।’

कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भु-भाग, मौसममा फेरबदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दर्जनौं यार्सा संकलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए।

हेलिप्याड आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  २ : ४० बजे

‘मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ’

नवलपरासी – मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले मदरसा व्यवस्थापन तथा

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तोकिएको समयभन्दा एक वर्ष

गृहमन्त्री लेखकले भने : अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छु

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

कर्णाली– जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु

काठमाडाैं – गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षडयन्त्रमूलक ढङ्गबाट झुटा