वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने छ : मुख्यमन्त्री आचार्य | Khabarhub Khabarhub

वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने छ : मुख्यमन्त्री आचार्य


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताए ।

आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा शनिबार दाङमा प्रदेशसभा सांसदहरूसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना नरहेको भन्दै प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताएका हुन् ।

उनले वर्षको बजेटमा नयाँ योजना भन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेशसभा सांसदहरुले उत्पादनमूलक उद्योग र कृषि उत्पादन वृद्धि, सामाजिक दृष्टिले प्रभाव पार्ने खानेपानी सुविधा, सरसफाइ लगायतमा बजेटले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ३८ बजे

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी