दोलखाको गोपि-जोरमाने सडक खण्ड ढलान « Khabarhub

दोलखाको गोपि-जोरमाने सडक खण्ड ढलान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ अन्तर्गतको मुख्य ग्रामीण सडक गोपि-जोरमाने खण्डमा थप एक किलोमटर सडक ढलान कार्यसम्पन्न भएको छ। 

गाउँपालिकाले चालु आर्थिक वर्ष सडक पूर्वाधार विकास अन्तर्गतको दुई करोड समपूरक अनुदान मार्फत उक्त सडकको ठेक्का मार्फत एक किलोमीटर ढलान सडक निर्माण गरेको वैतेश्वर गाउँपालिका प्राविधिक प्रमुख विस्वास घिमिरेले जानकारी दिए।

सडक निर्माण कम्पनी जयगोरख दुर्गे निर्माण सेवाले ठेक्का मार्फत एक किलोमीटर सडक ढलान सम्पन्न गरेको हो। उक्त निर्माण सेवाले अन्य सडक संरचना ग्यावेन वाल र मेसिनरी वाल पनि निर्माण गरेको जनाएको छ। 

पालिकाले वार्षिक बजेट मार्फत ५ वर्षको अवधिमा गोपि जोरमाने सडक खण्डमा हालसम्म करिब  ७ किलोमीटर ढलान तथा कालोपत्रे सम्पन्न गरिसकेको जनाएको छ।

यस्तै सोही निर्माण सेवा जयगोरख दुर्गे निर्माण सेवाले वडा नम्बर-२ र ३ को मुख्य सडक खण्डमा थप ८ सय मिटर सडक ढलान गर्ने तयारी थालेको छ। बुस्ती पुतलीकाठ- मिर्गे खण्डको थुम्कि भीर क्षेत्रमा ढलान गर्न लागिएको हो। निर्माण सेवाले ग्यावेयन, मेसिनरी र नालाको काम सकेर ढलान सुरु गर्न लागेको निर्माण कम्पनीले जनाएको छ। एक मौसमले साथ दिए बुस्ती-पुतलीकाठ खण्डको पनि  साता भित्र ढलान सक्ने निर्माण कम्पनी जनाएको छ। गाउँपालिका उक्त सडकको पनि बागमती प्रदेश सरकार र पालिकाको ५०-५० प्रतिशत  समपूरक अनुदानमा उक्त सडक ढलान गर्न लागिएको हो।

यता पालिकाले चालु वर्ष वितरण गरेका योजना तथा कार्यक्रम पनि धमाधम निर्माण सम्पन्न भइरहेका छ। पालिकाले वितरण गरेका दुई सय १८ योजना मध्य ९५ प्रतिशत योजनाको काम सम्पन्न भएको वैतेश्वरका योजना शाखा प्रमुख वासुदेव दहालले जानकारी दिए।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ४ : १५ बजे

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा