सरकारी कर्मचारीले घुस माग्दा किसानले दिए भैंसी उपहार ! « Khabarhub

सरकारी कर्मचारीले घुस माग्दा किसानले दिए भैंसी उपहार !


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी कर्मचारीले नियमित जसो घुस मागेर तनावमा परेका एक किसानले अनौठो तरिका अपनाएका छन् । किसानले आफ्नो भैंसी नै सरकारी कर्मचारीलाई दिएका छन् ।

यो घटना भारतीय राज्य मध्यप्रदेश, खडकपुरको हो । खडकपुरका भूमि कर अधिकारी (तहसील दार) ले किसानसँग घुस मागेका थिए ।

तहसील दारलाई घुस दिनका लागि किसानसँग नगद रुपैयाँ थिएन । त्यसपछि किसानले तहसीलदारको गाडीमा आफ्नो भैसीको दाम्लो बाँधिदिए ।

‘घुस दिनलाई मसँग पैसा छैन, यो भैंसी लैजानुहोस्’ भन्दै किसानले तहसीलदारको गाडीमा आफ्नो भैंसी बाँधिदिए ।

तहसीलदारले किसानसँग १ लाख रुपैयाँ घुस मागेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार खडकपुरका तहसीलदार सुनील बर्माले जमिनको दर्ता प्रयोजनका लागि १ लाख घुस मागेका थिए ।

सरकारी कर्मचारीले घुस मागेपछि किसानले गाडीमा भैंसी बाँधिदिएको खबर अहिले उत्तर प्रदेशमा चर्चाको विषय बनेको छ ।

किसानले अहिले माथिल्लो सरकारी निकायमा तहसीलदार बर्माविरुद्ध उजुरी गरेका छन् । सरकारी अधिकारीहरले तहसीलदार बर्मामाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १२ : ३४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा