सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन्ः उपसभापति वाग्ले « Khabarhub

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन्ः उपसभापति वाग्ले


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए ।

“हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ”, उनले भने, “विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छौं ।”

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । “केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ”, उनले भने ।

उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उहाँलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प गरिरिएको बताए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : १७ बजे

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा

बरहथवा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि

इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण