पत्थरीको अप्रेसनका लागि अस्पताल पुगेकी गुरूङको मृत्यु भएपछि ओम अस्पतालमा तनाव « Khabarhub

पत्थरीको अप्रेसनका लागि अस्पताल पुगेकी गुरूङको मृत्यु भएपछि ओम अस्पतालमा तनाव


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ ।

धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको मृत्यु भएको हो ।

शुक्रवार(हिजो) दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए ।

शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् ।

पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् ।

ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : ३८ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको