फिल्म ‘महाभोज’ को प्रचार लाइन ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक | Khabarhub Khabarhub

फिल्म ‘महाभोज’ को प्रचार लाइन ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’ प्रचारको क्रममा छ । दिनेश राउत निर्देशित मल्टिस्टारर फिल्मको प्रचारका लागि निर्माण पक्षले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने लाइन प्रयोग गरेको छ ।

यो लाइन फिल्मको ट्रेलरमा पनि समावेश छ । यो लाइन भित्तामा लेखेको ट्रेलरको अन्तिममा देख्न सकिन्छ ।

निर्माण पक्षले यही शीर्षकका विभिन्न स्थानमा सडक नाटक देखाउने प्रचार रणनीति बनाएको छ । शनिबार गोंगबुमा सडक नाटक देखाइएको थियो ।

पहिलो पटक देखाइएको यो सडक नाटक हेर्न सयौंको संख्यामा दर्शक भेला भएका थिए । यो नाटकमा सहकारी पीडित र पीडकको कथा समेटिएको छ ।

फिल्मको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशक आकाश नेपाली हुन् । सरिता कठायतले लेखेको यो नाटकमा कलाकारहरू उनीसहित सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, र विनोद प्रकाश धामी छन् ।

निर्देशक राउतका अनुसार यो सडक नाटक फिल्म प्रदर्शन नहुञ्जेल राजधानीका विभिन्न स्थानमा देखाइनेछ ।

नाटक व्यवस्थापक ट्राइडेन्ट कन्सेप्टका रोलय भीमसेनका अनुसार फिल्म प्रचारका लागि नाटकको प्रयोग प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको हो ।

यो फिल्म प्रदर्शनमा आउन चार दिन मात्रै बाँकी छ । फिल्ममा नायकहरू दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, नायिकाहरू मलिका महत, अञ्जना बराइली र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् ।

क्लकवर्क क्रियसन र पिक्चर फ्रेमको सहकार्यमा बनेको यो फिल्मका निर्माता हिमाल कडरिया हुन् । विकास सुबेदी यसका लेखक हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : २० बजे

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि