रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष  | Khabarhub Khabarhub

रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रूपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ ।  

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रूपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए  ।

सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उनले यस विषयमा सार्वजनिक रूपमा बहस गर्ने उल्लेख गरे  । यद्यपि अदालतको आदेश प्रति आफूहरूको सम्मान नै रहेको र त्यसलाई कानुनी रूपमा मान्न तयार रहेको उनले बताए । 

त्यस्तै बैठकले हालै अध्यागमन विभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुँदै गएको ठहर गरेको छ । 
कार्यवाहक प्रवक्ता झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

उनले देशमा सुशासनका लागि आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए  । झाले आगामी संसद् बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त रूपमा प्रस्तुत हुने बताए । मंगलबार बस्ने संसद् बैठक सामान्य नहुने उनले बताए  । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : २५ बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री