मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए « Khabarhub

मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा जारी गरेको छ । नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले कार्यभार सम्हालेसँगै जारी गरिएको समीक्षाले केही नीतिगत परिवर्तन समेत गरेको हो ।

मौद्रिक नीति समीक्षाले शेयर कर्जामा कायम रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएको छ । त्यस्तै, वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

राष्ट्र बैंकले अन्य नीतिगत व्यवस्थाहरूलाई भने यथावत राखेको छ । साथै ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने समीक्षामा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ०७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि