सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ६२ पैसा र बिक्रीदर १५५ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपियाँ १८ पैसा र बिक्रीदर १८४ रुपियाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ ६४ पैसा र बिक्रीदर १६६ रुपियाँ ३७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३६ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ०२ पैसा र बिक्रीदर ९९ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ९३ पैसा र बिक्रीदर १०६ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्रीदर ३२ रुपियाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७३ पैसा र बिक्रीदर २० रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०३ पैसा र बिक्रीदर ४४५ रुपियाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ८८ पैसा र बिक्रीदर ३६२ रुपियाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ८४ पैसा र विक्रीदर ३५५ रुपियाँ ४० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : २९ बजे

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न