अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो « Khabarhub

अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले युक्रेनमाथि सबै भन्दा ठुलो हवाई आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका चुप बसेका कारण रुसको मनोबल बढेको र आक्रमणलाई प्रेरित गरेको गुनासो गरेका छन्।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरे यता शनिबार राति सबै भन्दा ठुलो आक्रमण गरेको हो। सो आक्रमणमा तीन बालबालिकाका साथै १२ जनाको ज्यान गएको थियो। राजधानी किभमा सबै भन्दा धेरै मान्छे मरेको एक दिनपछि सो घटना भएको हो।

अन्तर्राष्ट्रिय निकायले दबाब दिनुका बाबजुद रुसले लगातार आक्रमण गरिरहेको छ। अमेरिका गुपचुप रहनुका कारण यस्तो स्थिति आएको जनाइएको छ। जेलेन्सकीले रुसमाथि कडा दबाब नदिए उनीहरूको क्रूरताको अन्त्य नहुने बताएका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

रुसको आक्रमणमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई दुःख लागेको बताए। युक्रेनका लागि अमेरिकी दूत केइथ केलोगले भने सामाजिक सञ्जालमा किभको नक्सा राख्दै १९७७ को जेनेभा शान्ति प्रोटोकलको उल्लङ्घन भएको बताएका छन्।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ७ : ४९ बजे

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्