अन्तर्राष्ट्रिय गोजुरियो करातेमा नेपालले जित्यो रजत पदक « Khabarhub

अन्तर्राष्ट्रिय गोजुरियो करातेमा नेपालले जित्यो रजत पदक


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियामा सम्पन्न ५औँ अन्तर्राष्ट्रिय गोजुरियो करातेमा धनगढीका कमल ओलीले नेपालका लागि रजत पदक जितेका छन् ।

ओली ६० किलो तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी र दोस्रो चरणमा भारतीय खेलाडीलाई पाखा लगाउँदै अघिल्लो चरण प्रवेश गरेका थिए । सेमिफाइनलमा फ्रान्सका खेलाडीलाई हराउँदै उनी फाइनल प्रवेश गरेका थिए ।

फाइनलमा रोमानियाका खेलाडीसँग उनी झिनो अन्तरले पराजित हुँदै नेपालका लागि पहिलो रजत पदक दिलाउन सफल भए । प्रतियोगितामा नेपालको हालसम्म पदक तालिकामा १ रजत रहेको छ ।

कमलले ८ औ राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन् । ओली धनगढी उप(महानगरपालिका २ सन्तेषीटोलका स्थानीय हुन् । यो पदक गोजुरियो करातेको इतिहासमै नेपालले प्राप्त गरेको सबै भन्दा ठूलो पदक भएको मलेसियाबाट अन्तर्राष्ट्रिय रेफ्री प्रकाश चन्दले जानकारी ‍दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : १० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना