मिस वर्ल्ड प्रतियोगितामा यौन हिंसा भएको ‘मिस इङ्ल्यान्ड’को आरोप « Khabarhub

मिस वर्ल्ड प्रतियोगितामा यौन हिंसा भएको ‘मिस इङ्ल्यान्ड’को आरोप


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्युटी प्याजेन्टमा प्रतिस्पर्धीहरु यौन हिंसाको शिकार भएको घटना बाहिरीरहेका हुन्छन् । नेपालमा मात्रै होइन् विभिन्न देशमा यस्तो घटना बाहिरिएको पाइन्छ ।

यस्तै नकारात्मक घटनाले ब्युटी प्याजेन्टलाई नराम्रो रुपमा ग्रहण गर्ने तप्का पनि छन् ।

अहिले ब्युटी प्याजेन्टको सबैभन्दा ठूलो मञ्चमा ‘मिस वर्ल्ड’मा पनि यौन हिंसा भएको एक प्रतिस्पर्धीले आरोप लगाएकी छन् ।

ती प्रतिस्पर्धी हुन्- मिस इङ्ग्ल्यान्ड मिला म्यागी । उनी भारतको हैदराबादमा जारी मिस वर्ल्ड २०२५ मा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन् ।

तर, उनी बीचमै प्रतियोगिताबाट बाहिरिन् । उनले आयोजकको संरक्षणामा यौन हिंसा भएकाले प्रतियोगिताबाट बाहिरिने निर्णय लिएको खुलासा गरेकी छन् ।

२४ वर्षीया म्यागीले बेलायती पत्रिका द सनलाई दिएको अन्तर्वार्तामा आफूलाई आयोजकहरूले प्रायोजकसँग नजिक हुन दबाब दिएको दाबी गरेकी छन् ।

प्रतियोगितामा सहभागी युवतीहरूलाई प्रायोजक वृद्ध पुरुषहरूसँग ‘समय बिताउन’ र ‘मनोरञ्जन गराउन’ उक्साइने गरेको उनले बताएकी छन् ।

उनले उक्त अन्तर्वार्तामा भनेकी छन्, ‘हामीलाई बिहानदेखि बेलुकीसम्म गहना, मेकअप, अनि पाहुनाहरूलाई खुसी पार्ने तालिममा राखिन्थ्यो । म त्यहाँ मनोरञ्जन दिन होइन, सामाजिक उद्देश्य लिएर गएकी थिएँ।’

आयोजकले एक टेबलमा दुई महिला प्रतिस्पर्धी र ६ जना पुरुष राखेर उनीहरुहरुलाई खुसी पार्न युवतीहरुलाई आयोजकले दबाब दिने गरेको आरोप लगाएकी छन् ।

उनले भनेकी छन्, ‘ती पुरुषहरुले प्रतियोगिलाई बोरिङ भन्दै गाली गर्ने र तुच्छ व्यवहार गर्ने कार्य समेत भएको मैले पाएँ ।’

म्यागीको बहिर्गमनले यो संस्करणको मिस वर्ल्ड प्रतियोगिता विवादमा परेको छ । आयोजक नैतिक संकटमा परेका छन् । साथै, यस्ता ब्युटी प्याजेन्टबाट नकारात्मक रहेकालाई विरोध गर्न अर्को खुराक मिलेको छ ।

सबैभन्दा ठूलो कुरा- यति ठूलो मञ्चमासमेत युवती असुरक्षित हुन्छन् भन्ने सन्देश प्रवाह भएको छ ।

मिस वर्ल्डी अध्यक्षको खण्डन

म्यागीले प्रतियोगिताबारे लगाएको आरोप मिडियामार्फत सार्वजनिक भएपछि मिस वर्ल्डकी अध्यक्ष तथा सीईओ जुलिया मोर्ले खण्डन गरेकी छन् ।

उनले मे २४ मा आधिकारिक विज्ञप्ति जारी गर्दै सबै आरोप अस्वीकार गरेकी छन् । विज्ञप्तिमा म्यागीले प्रतियोगिता छाड्नुको कारण आमाको स्वास्थ्य मात्रै भएको दाबी गरिएको छ ।

उनले बेलायती मिडियामा लगाएको आरोप झूटा, अतिरञ्जित र मानहानीपूर्ण रहेको दाबी गरेकी छन् ।

म्यागीबारे थप

प्रतियोगितामा सहभागी हुन म्यागी मे ७ मा भारतमा पुगेकी थिइन् ।

मे १६ मा प्रतियोगिता छाडेर उनी बेलायत फर्किइन् । प्रतियोगिताको फाइनल मे ३१ मा हुँदैछ ।

म्यागीको स्थान अहिले मिस इंग्ल्याण्डकी उपविजेता चार्लोट ग्रान्ट सहभागी भएकी छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ०९ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार