राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु | Khabarhub Khabarhub

राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मङ्गलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो ।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी आआफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् ।

मतदानका लागि ४२ इलेक्ट्रिक भोटिङ मेसिन राखिएको छ भने प्रदेशपिच्छे फरक फरक मतदान बुथ राखिएको छ ।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाईँ उम्मेदवार रहेका छन् । यस्तै, पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ११ : १३ बजे

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

पाटन– सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं– नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र