युवा संघले तोड्यो एमालेका जनसंगठनमा सर्वसम्मतको शृङ्खला, ओलीको निर्देशनविपरीत निर्वाचनबाट नयाँ नेतृत्व | Khabarhub Khabarhub

युवा संघले तोड्यो एमालेका जनसंगठनमा सर्वसम्मतको शृङ्खला, ओलीको निर्देशनविपरीत निर्वाचनबाट नयाँ नेतृत्व


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्तमान महासचिव सुमन पुरीले अडान नछाड्दा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व अन्तत: निर्वाचनबाटै चयन गरिने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत र इन्चार्ज राजीव पहारीसहितले हस्तक्षेप गर्दा पनि युवा संघको नेतृत्व निर्वाचनबाटै गर्नु पर्ने भएको हो ।

यससँगै गत फागुनदेखि हालसम्म महाधिवेशन भएका एघारौँ जनसंगठनपछि युवासंघको नेतृत्वमा निर्वाचन प्रक्रियाबाट छान्न एमाले नेताहरू बाध्य भएका हुन् ।

ढकालसहितका नेताहरू पोखरामै खटिएर सोमबार रातिसम्म पनि सुमनसहितका आकांक्षीलाई गलाउने अभियानमा थिए । उनीहरू ओलीको निर्देशन भन्दै सुमन पुरी नेतृत्वको प्यानललाई गलाउन होटल होटलमा छिरिरहेका थिए ।

उक्त कुराबारे सुमन पुरीको प्यानलबाट उपाध्यक्ष उठेका पर्वत भण्डारीले सामाजिक सञ्जालमै लेखेका थिए । ‘ठूलो पदमा भएको कुनै नेताले अनुचित दबाब वा प्रभाव दिए त्यसलाई सचेत प्रतिकार गर्छ युवा’, उनले भनेका थिए, ‘किनकी यो संगठन रुपान्तरण गर्ने र मुलुक नै रुपान्तरण गर्ने कार्यभार पनी युवाकै हो । शक्तिको स्रोत पनि युवा हो ।’

उनले राष्ट्रिय युवासंघका हरेक युवा सचेत छ, दृढ छ र अत्मविश्वासी रहेको बताउँदै अनुचित दबाब र प्रभावलाई कुल्चन सक्ने पनि बताएका थिए ।

अध्यक्ष ओलीलेसमेत क्षितिज थेवेलाई दोहोर्‍याउन चाहेको सन्देशसहित नेताहरूले पुरी पक्षलाई गलाउन तीन दिनसम्म कोसिस गरेको थियो । तर पुरी पक्षले महाधिवेशनस्थलमा आफ्नो पक्षमा देखिएको माहोल बुझेर अडान नछाड्दा अवस्था निर्वाचसम्म पुगेको हो ।

यससँगै एमाले नेताहरूले एक पक्षलाई निषेध गरेर सर्वसम्मतका नाममा जनसंगठनमा टीको लगाइदिने क्रमलाई युवासंघले तोडेको छ ।

हालसम्म महाधधिवेशन भएका एमाले जनसंगठनमा युवा संघले लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्दै नेताहरूको सिन्डिकेट भत्काउन सफल भएको छ ।

युवा संघमा सुमनको प्यानलले अडान नछाडेपछि ओलीले आफू कसैको पक्षमा नरहेको सन्देश पनि पठाएका थिए । ओ‌लीले जो आए पनि आफूलाई स्वीकार्य हुने सन्देश पठाएपछि पुरी पक्ष उत्साहित भएको थियो । उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरीको पक्षमा आफूलाई उभ्याएकी थिइन् ।

यससँगै अहिले युवा संघको भावी नेतृत्वका लागि मतदान भइरहेको छ । सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान भइरहेको छ ।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक भोटिङ मेसिन राखिएको छ । प्रदेशअनुसार फरक फरक मतदान बुथ राखिएको छ।

थेबे प्यानलबाट उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाईं उम्मेदवार । उता एमालेको नेतृत्वलाई चुनौती दिएका पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी र महासचिवमा कुवेर अधिकारी छन् ।

०८१ फागुनयता एमालेका १० वटा जनसंगठनको महाधिवेशन भएको छ । अहिलेसम्म तीन कुनै पनि जनसंगठनको महाधिवेशन नेतृत्व चुन्न मतदान भएको छैन । तर १२ औँ संगठनका रुपमा युवा संघमा निर्वाचनबाट नेतृत्व छानिँदै छ ।

पछिल्लो पटक जेठ ८ मा भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजको ७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल चयन भए ।

यसअघि पनि अध्यक्ष रहेका उनी सम्मेलनबाट सर्वसम्मतरुपमा दोश्रो कार्यकालका लागि अध्यक्ष बने । यस संगठनमा पनि एमालेले चुनावी प्रक्रियालाई महत्व दिएन ।

तर ०८१ चैत ११ गते विराटनगरमा भएको एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औँ महाधिवेशनमा प्रतिस्पर्धालाई पूरै निषेध गरियो ।

पदाधिकारीमा निर्वाचन नगरेर सर्वसम्मतिको बाटो रोज्दा चौतारीसम्बद्ध नेताहरूले महाधिवेशनस्थल नै छाडेका थिए ।

त्यसबेला अध्यक्षका लागि गणेश पाण्डे र राजेश राई दाबेदार थिए । तर पार्टीले हस्तक्षेप गरे पाण्डेलाई सर्वसम्मतका नाममा टीका लगाइदिएर अध्यक्ष बनायो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै जनवर्गीय संगठनको महाधिवेशन सहमतिमै गर्न निर्देशन दिएका थिए । उनको यो निर्देशनले जनसंगठनका नेताहरूको भावनामा खेलबाड गरेको गुनासो छताछुल्ल छ ।

पार्टी नेतृत्वले ढकाललाई पनि सर्वसम्मत महाधिवेशन गराउन निर्देशन दिएको थियो । यसअघि विराटनगरमा भएको प्रेस चौतारीको महाधिवेशनमा उनले त्यही कुरा मञ्चबाट सुनाउँदै निर्वाचन कार्यक्रम नै नराखिएको घोषणा गरे ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफू अनुकूलका मान्छे जनसंगठनमा आफ्नो पकड बलियो बनाउन चाहेको एमाले नेताहरू बताउँछन् ।

चुनावै नगरी नेतृत्व छानेका एमालेका जनसंगठन

१.मानवअधिकार तथा सामाजिक न्याय मञ्च : विदुर सुवेदी
२.नेपाल उद्योग व्यवसाय महासंघ : भगिरथ सापकोटा
३.प्रगतिशील इन्जिनियर्स एसोसिएसन : डा. भेषराज थापा
४.राष्ट्रिय अपाङ्गता संगठन नेपाल : जगदीश प्रसाद अधिकारी
५.नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन : विनोद पाण्डे दोस्रो कार्यकाल
६.नेपाल मुस्लिम इत्तेहाद संगठन : हारून हलवाई कादरी
७.प्रेस चौतारी नेपाल : गणेश पाण्डे
८.राष्ट्रिय जनसाँस्कृतिक महासंघ : भूमिका सुब्बा
९.भूमि अधिकार तथा श्रमिक संगठन नेपाल : इन्द्र तामाङ
१०.रिटर्नी फेडरेसन नेपाल : विनोद भट्टराई
११. नेपाल उत्पीडित जातीय मुक्ति समाज : मनोहर विश्वकर्मा पौडेल

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : ५३ बजे

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस

काठमाडौं– मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट यात्रुबस मर्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

काठमाडौं– नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित

गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर