सिरहाको नवराजपुरका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

सिरहाको नवराजपुरका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले मङ्गलबार विशेष अदालतमा दायर गरेको मुद्दामा गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य छन् ।

त्यस्तै वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नं. ५ का पूर्ववडाध्यक्ष मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत १५ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी ३२ जेठ २०७७ मा गरेको सम्झौतामा भ्रष्टाचार भएको अख्तियारले उल्लेख गरेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको आरोप–पत्रमा उल्लेख छ ।

गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोप-पत्रमा उल्लेख छ । सो भवन अहिले उपयोगविहीन भएको अख्तियारले जनाएको छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवलाई समेत मुद्दा लगाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ३२ बजे

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य

उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको

भारतमा सडक दुर्घटना, १८ हिन्दु तीर्थयात्रीको मृत्यु

एजेन्सी – मंगलबार पूर्वी भारतमा मंगलबार हिन्दु तीर्थयात्री बोकेको बस

विदेशिने लर्को देख्दा भविष्यको चिन्ता लाग्छ

काठमाडौं – कमल खत्री नेपाली आधुनिक पप संगीतको क्षेत्रमा स्थापित

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

गलकोट– बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम  मौरीपालन व्यवसायमा चर्चित