‘स्पिरिट’ फिल्मको कथा लिक गराएको दीपिकामाथि निर्देशकको आरोप « Khabarhub

‘स्पिरिट’ फिल्मको कथा लिक गराएको दीपिकामाथि निर्देशकको आरोप


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका दीपिका पादुकोणले केही समयअघि निर्देशक सन्दीप रेड्डी वङ्गाको फिल्म ‘स्पिरिट’मा  अभिनय गर्ने चर्चा थियो ।

तर अब भने दीपिका उक्त फिल्ममा सहभागी नहुने चर्चा बाहिरिएको छ । निर्देशक सन्दीप र दीपिकाको खटपटले यो अवस्था सिर्जना भएको बुझिएको छ । सन्दीप ‘एनिमल’ र ‘कबिर सिंह’ जस्ता हिट फिल्मका निर्देशक हुन् ।

दीपिकाले यो फिल्मबाट बाहिरिएको औपचारिक रुपमा सार्वजनिक भने गरेकी छैनन् । भारतीय मिडियाहरूले दीपिकाले केही दृश्यमा असहमति जनाउँदै फिल्मबाट बाहिरिएको उल्लेख गरेका छन् ।

तर, निर्देशकको सामाजिक सञ्जालको स्ट्याटसले भने दीपिका फिल्मबाट बाहिरिएको सङ्केत गर्छ । उनले दीपिकाको नाम किटान नगरे पनि उक्त स्ट्याटस उनी लक्षित नै रहेको यी दुई निकटको बुझाइ छ ।

सन्दीपले एक नायिकाले कथा गोप्य राख्ने मौखिक सहमति तोडेकोसमेत आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘जब म कुनै कलाकारलाई कथा सुनाउँछु ऊ प्रति शतप्रतिशत विश्वास राख्छु । हामीबीच एक गोपनीयता सम्झौता हुन्छ। तर तपाईंले यस्तो गरेर आफू वास्तवमै कस्तो व्यक्ति हो भन्ने प्रकट गर्नुभयो… ।’

दीपिकाले यस फिल्ममा निर्वाह गर्ने भूमिकाका लागि तृप्ती डिम्रीलाई अनुबन्ध गरिएको भारतीय मिडिया टाइम्स अफ इन्डियाले दाबी गरेको छ । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ३३ बजे

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ