‘स्पिरिट’ फिल्मको कथा लिक गराएको दीपिकामाथि निर्देशकको आरोप « Khabarhub

‘स्पिरिट’ फिल्मको कथा लिक गराएको दीपिकामाथि निर्देशकको आरोप


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका दीपिका पादुकोणले केही समयअघि निर्देशक सन्दीप रेड्डी वङ्गाको फिल्म ‘स्पिरिट’मा  अभिनय गर्ने चर्चा थियो ।

तर अब भने दीपिका उक्त फिल्ममा सहभागी नहुने चर्चा बाहिरिएको छ । निर्देशक सन्दीप र दीपिकाको खटपटले यो अवस्था सिर्जना भएको बुझिएको छ । सन्दीप ‘एनिमल’ र ‘कबिर सिंह’ जस्ता हिट फिल्मका निर्देशक हुन् ।

दीपिकाले यो फिल्मबाट बाहिरिएको औपचारिक रुपमा सार्वजनिक भने गरेकी छैनन् । भारतीय मिडियाहरूले दीपिकाले केही दृश्यमा असहमति जनाउँदै फिल्मबाट बाहिरिएको उल्लेख गरेका छन् ।

तर, निर्देशकको सामाजिक सञ्जालको स्ट्याटसले भने दीपिका फिल्मबाट बाहिरिएको सङ्केत गर्छ । उनले दीपिकाको नाम किटान नगरे पनि उक्त स्ट्याटस उनी लक्षित नै रहेको यी दुई निकटको बुझाइ छ ।

सन्दीपले एक नायिकाले कथा गोप्य राख्ने मौखिक सहमति तोडेकोसमेत आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘जब म कुनै कलाकारलाई कथा सुनाउँछु ऊ प्रति शतप्रतिशत विश्वास राख्छु । हामीबीच एक गोपनीयता सम्झौता हुन्छ। तर तपाईंले यस्तो गरेर आफू वास्तवमै कस्तो व्यक्ति हो भन्ने प्रकट गर्नुभयो… ।’

दीपिकाले यस फिल्ममा निर्वाह गर्ने भूमिकाका लागि तृप्ती डिम्रीलाई अनुबन्ध गरिएको भारतीय मिडिया टाइम्स अफ इन्डियाले दाबी गरेको छ । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ३३ बजे

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण, विश्वासको मत बुधबार लिने

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । 

गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन