संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक | Khabarhub Khabarhub

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

गृहमन्त्रीको सचिवालयका एकजना सदस्यका अनुसार संसद्मा उभिएर जवाफ दिने परिस्थिति नबनेको अवस्थामा पत्रकार सम्मेलनमार्फत लेखकले धारणा सार्वजनिक गर्न लागेका हुन् ।

उनले संसद् भवनकै ल्हाेत्से हलमा पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे स्पष्टीकरण दिन लागेका हुन् ।

‘संसदमा जवाफ दिने परिस्थिति नबनेको अवस्थामा ल्होत्से हल (संसद् भवन) परिसरमै प्रेस मिट गर्ने तयारी छ,’ उनको सचिवालयका एक सदस्यले खबरहबलाई भने ।

तर, पत्रकार सम्मेलनको समय अहिले तय भइसकेको छैन । ‘समय तोकिएको छैन,’ सचिवालयले भन्यो, ‘परिस्थिति हेरेर सूचना आउँछ ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ४९ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई