अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय | Khabarhub Khabarhub

अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्‌ले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि (बिहीबार) दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

सङ्घीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले संसद्‌को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक अनुमान पेश गर्ने दैनिक कार्यसूची निर्धारण गरेका हुन्‌ ।

कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’

अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन्‌ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : १६ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल