काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आथिर्क वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल सञ्चालन गरिने बताएका छन् ।
बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने बताए ।
उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायलाई १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । त्यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४९ करोड विनियोजन गरिएको बताए ।
प्रतिक्रिया