चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रोपटक संशोधन गरेको छ ।

गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरेको सरकारले अहिले फेरि संशोधन गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै चालु आर्थिक वर्षको सरकारको आय र व्यय संशोधन गरिएको बताए ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएकोमा यसवर्ष वार्षिक विनियोजनको ८९.४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान गरिएको छ ।

चालु खर्चतर्फ विनियोजनको ८८.५ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ८४.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ विनियोजनको ९७.६ प्रतिशत रहने संशोधन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

सरकारले चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ रू तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन गरेको थियो ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्ष राजस्व परिचालन रू १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने अनुमान गरिएको छ । यसवर्ष रू १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने सरकारको लक्ष्य थियो ।

त्यसैगरी वैदेशिक अनुदान र ऋण प्राप्ति पनि घट्न देखिएको छ । चालु आवका लागि ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य थियो । तर अहिले त्यसलाई संशोधन गरेर ३४ अर्ब ८९ करोड बराबर मात्रै वैदेशिक सहायता अनुदान उपलब्ध हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए ।

चालु आर्थिक वर्षका लागि वैदेशिक ऋण रू एक खर्ब ६९ अर्ब साठी करोड बराबर परिचालन गरिने संशोधित अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०७ बजे

स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न ११ वटा कानुन तथा नीति ल्याउने तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन

नेपाल बीमा प्राधिकरणमा इजलास सञ्चालन

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने

गृहमन्त्री रमेश लेखकले सुटुक्क भेटे शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षीय पदाधिकारीहरूले ‘कारबाही’ गर्नुपर्ने बताइरहेका बेला

लगानी बोर्डको ६४ औँ बैठक : मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं– लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको

माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे

काठमाडौं- काभ्रेपलाञ्चोकस्थित पतञ्जलिको जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले