प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा भ्यूटावरपछि अब अन्तरराष्ट्रिय रङ्गशाला | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा भ्यूटावरपछि अब अन्तरराष्ट्रिय रङ्गशाला


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पौने दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर ठड्याइएको १८ तल्ले भ्यूटावर अलपत्र पारिएको झापा दमकमा सरकारले अर्बौँ रुपैयाँको अर्को परियोजना अघि बढाउने भएको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित निर्वाचन क्षेत्रमा पर्ने दमकमा अन्तरराष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण घोषणा गरेका हुन्‌ ।

‘झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तरराष्ट्रिस्तरको आधुनिक रङ्गशाला निर्माण गरिनेछ’, अर्थमन्त्री पौडेलले भनेका छन्‌ ।

काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला स्टेडियम निर्माण गर्न ४२ करोड विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन्‌ । उनका अनुसार; कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला स्तरोन्नति गर्न ४० करोड रुपैयाँ विनियोजन भएको छ । उक्त रङ्गशालामा हाल प्यारापिट निर्माण कार्य भइरहेको छ ।

खेल विधाको विविधीकरण र खेल पर्यटन प्रवर्धनको लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्यूट स्पोर्स्ट्स स्टेडियम निर्माण गर्ने योजना पनि अर्थमन्त्रीले बजेटमा समावेश गरेका छन्‌ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा खेल प्रतियोगिता प्रवर्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने र त्यस्ता पूर्वाधार बनाउन विद्युत, खानेपानी र सडक सुविधा सुनिश्चित गरिने अर्थमन्त्रीले बताएका छन्‌ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ४६ बजे

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

कम्पाला- युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा

खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी

जुम्ला- संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रुपमा तयार गरेको

जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

काठमाडौं- जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि

बढ्दो हिंसा नियन्त्रण गर्न पेरुका राष्ट्रपति जेरीद्वारा राजधानीमा आपतकाल घोषणा

लिमा- पेरुमा बढ्दो हिंसा रोक्नका लागि राष्ट्रपति जोस जेरीले मङ्गलबार

‘जेन-जी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाएर लुट मच्चाइयो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा