‘किक २’ का ज्याकलिन फर्नाडिस सलमानकी हिरोइन? « Khabarhub

‘किक २’ का ज्याकलिन फर्नाडिस सलमानकी हिरोइन?


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘किक’ को सफलतापछि निर्देशक साजिद नाडियाडवाला यसको दोस्रो सिक्वेल बनाउनमा जुटेका छन् । यो फिल्मको स्किृप्ट केही महिनामा तयार हुनेछ भने फिल्मको छायांकन सन् २०२० बाट शुरु हुनेछ ।

सलमान खान फेरि एकपटक डेविल (देवीलाल सिंह) को भूमिकामा देखिनेछन् । फिल्मलाई साजिदले भने निर्देशन गर्नेछन् । उनले अरु कसैलाई निर्देशनको जिम्मा दिने सोच बनाएका छन् ।

साजिद र सलमानको मित्रता लामो छ । जीत, जुडुवा, हर दिल जो प्यार करेगा, जानेमन लगायतका फिल्ममा यी दुईले एकसाथ काम गरिसकेका छन् ।

‘किक २’ मा सलमान खानसँग को हिरोइन रहनेछिन् भन्नेमा धेरैको चासो छ । खबरका अनुसार ज्याकलिन फर्नाडिस यो फिल्ममा हुनेछिन् ।

भारतीय मिडियाका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । पहिलो यो फिल्म ‘इन्शाल्लाह’ नबन्ने भएपछि सन् २०२० मा रिलिज हुनेछ । तर, साजिदले यो कुरा सत्य नभएको बताएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ४७ बजे

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको