सामूहिक परिश्रमको फल– बारीबाटै आलु बेच्छन् महिला « Khabarhub

सामूहिक परिश्रमको फल– बारीबाटै आलु बेच्छन् महिला


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– जिल्लाकाे रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् ।

नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा तीन क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताइन् । “बिहान घरको काम सकेर छोराछोरीलाई विद्यालय पठाएपछि दिनभर खेतमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौ”, उनले भनिन् । अहिले खेतबाटै तीन क्वीन्टल आलु बिक्री भइसकेको छ । करीब तीस क्वीन्टल आलु उत्पादन हुने समूहका सचिव सीता देवकोटाले बताए ।

“आलुको उत्पादन सोचेभन्दा राम्रो भएको छ, आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा बचत गर्ने र आवश्यक परेका बेला चलाउछौँ” सचिव देवकोटाले भने ।

समूहमा खेती गर्दा निकै रमाइलो भएको सदस्य हुमा देवकोटाकाे भनाइ छ । उनले सात रोपनी जग्गा समूहलाई निःशुल्क तरकारी लगाउन उपलब्ध गराएकी छन् । समूहले खेतबाटै प्रतिकिलो २० रुपैयाँमा आलु बिक्री गर्दै आएको छ । रातो, कार्डिनल र जनकदेव जातको आलु खरीद गर्ने ग्राहकको दिनभर खेतमा चहलपहल छ ।

महिला समूहले लगाएको आलुको उत्पादन अवलोकन गर्नेको पनि निकै हुन्छन् । समूहमा २० जना महिला मिलेर सामूहिक आलुखेती गरेका छन् । समूहले अब लहरेबाली तरकारी लगाउने तयारी गरेको छ ।

आलु खेतीका लागि रामपुर नगरपालिका–६ ले बीउ खरीदमा रु २५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ महिला समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : २० बजे

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान