ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्चका न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी | Khabarhub Khabarhub

ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्चका न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर मारेको आरोपमा दोषी ठहर नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ ।

रौतहट जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कारबाही माग गर्दै न्याय परिषद्मा उजुरी परेको हो ।

यी दुवै न्यायाधीशविरुद्ध युवराज पौडेल सफलले शुक्रबार उजुरी दर्ता गराएका हुन् ।उजुरीकर्ताले न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी आलमलाई उन्मुक्ति दिइएको मिसिल झिकाएर न्यायिक परीक्षण माग गरेका छन् ।

‘पीडितलाई नै अन्याय हुनेगरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारु र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवम् निजहरूले गरेका आदेशसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशलाई तत्काल निलम्बन गर्न एवम् न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारबाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु,’ उनले उजुरीमा भनेका छन् ।

२०६४ सालको संविधान सभा निर्वाचनको बेला आलमले २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो ।

२०७६ कात्तिक २९ मा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले प्रतिवादी आलमलगायतलाई जन्मकैदको सजाय सुनाएएका थि।

जिल्ला अदालतको उक्त आदेश उच्च अदालतले उल्ट्याइदिएपछि त्यसबारेमा देशभर न्यायालयको भूमिकामाथि अनेक टीकाटिप्पणी र विरोध भइरहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : १४ बजे

फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना गाउँपालिका सभापति फरक क्षमताकी महिलालाई

सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि !

दोलखा– स्थानीय तहका जनप्रतिनिधि साउन लागेसँगै सहर केन्द्रित सेवाग्राही खोज्न

प्रचण्डको दाबी : केपी ओलीले एमसीसीको एक अक्षर पनि फेर्न नमानेपछि व्याख्यात्मक टिप्पणीको बाटो रोज्यौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

हिरोशिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा

काठमाडौं– संयुक्त राज्य अमेरिकाले हिरोशिमा शहरमा ८० वर्षअघि आणविक बम

पसलबाट १ लाख ७७ हजार बराबरको धनमाल चोरी

पाँचथर– फिदिम नगरपालिका-८ घुमाउनेटार बस्ने कुल बहादुर तामाङको पसलबाट नगद १ लाख