ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्चका न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी « Khabarhub

ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्चका न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर मारेको आरोपमा दोषी ठहर नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ ।

रौतहट जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कारबाही माग गर्दै न्याय परिषद्मा उजुरी परेको हो ।

यी दुवै न्यायाधीशविरुद्ध युवराज पौडेल सफलले शुक्रबार उजुरी दर्ता गराएका हुन् ।उजुरीकर्ताले न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी आलमलाई उन्मुक्ति दिइएको मिसिल झिकाएर न्यायिक परीक्षण माग गरेका छन् ।

‘पीडितलाई नै अन्याय हुनेगरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारु र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवम् निजहरूले गरेका आदेशसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशलाई तत्काल निलम्बन गर्न एवम् न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारबाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु,’ उनले उजुरीमा भनेका छन् ।

२०६४ सालको संविधान सभा निर्वाचनको बेला आलमले २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो ।

२०७६ कात्तिक २९ मा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले प्रतिवादी आलमलगायतलाई जन्मकैदको सजाय सुनाएएका थि।

जिल्ला अदालतको उक्त आदेश उच्च अदालतले उल्ट्याइदिएपछि त्यसबारेमा देशभर न्यायालयको भूमिकामाथि अनेक टीकाटिप्पणी र विरोध भइरहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : १४ बजे

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो