अमेरिकाले यस वर्षको पाँच महिनामा एक हजार भारतीयलाई डिपोर्ट गर्‍यो « Khabarhub

अमेरिकाले यस वर्षको पाँच महिनामा एक हजार भारतीयलाई डिपोर्ट गर्‍यो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- वर्ष २०२५ लागेयता अमेरिकाले १ हजार भन्दा धेरै भारतीय नागरिकलाई डिपोर्ट गरेको छ । अमेरिकाले फेब्रुअरी महिना मात्रै एक सयभन्दा बढी भारतीय नागरिकलाई सेनाको जहाजमार्फत डिपोर्ट गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका अनुसार जनवरीदेखि अहिलेसम्म करिब १ हजार नागरिकलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यसबारे विस्तृत जानकारी नदिए पनि तीमध्ये करिब ६२ प्रतिशत नागरिकहरू व्यवसायिक उडानमार्फत् भारत फर्किएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा बिनावैध कागजात बसिरहेका व्यक्तिहरूलाई निष्कासन गरिने बताएका थिए।

यसअघि ट्रम्पले अवैध आप्रवासनका सन्दर्भमा भनेका थिए, ‘देशले सही कदम चाल्नेछ।’

यसै वर्ष फेब्रुअरीमा अमेरिकाले सयभन्दा बढी भारतीय नागरिकलाई अमेरिकी सेनाको जहाजमार्फत् डिपोर्टका क्रममा हतकडी लगाएको विषयले ठूलो चर्चा पाएको थियो।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जायसवालले भने, ‘आप्रवासनका मुद्दामा भारत र अमेरिका नजिकबाट सहकार्य गरिरहेका छन् । भारतले कसैलाई फर्काउनुअघि उसको राष्ट्रियताको पुष्टि गर्छ।’

अमेरिकाले करिब १८ हजार त्यस्ता भारतीय नागरिकको पहिचान गरेको छ, जसलाई उसले गैरकानुनी रूपमा अमेरिका बसिरहेको भन्दै आएको छ ।

यसअघि यसै महिनामा भारतस्थित अमेरिकी दूतावासले चेतावनी दिँदै अमेरिकाभित्र तोकिएको समयभन्दा बढी बस्दा डिपोर्ट हुने जोखिम रहने बताएको थियो । अमेरिकाले त्यस्ता व्यक्तिलाई स्थायी प्रतिबन्ध पनि लगाइने भनेको थियो ।

दूतावासका अनुसार यी नियमहरू वैध रूपमा अमेरिका प्रवेश गरेकाहरू माथि पनि लागु हुन्छन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : २३ बजे

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर