वैतेश्वरले सुरु गर्‍यो आँखा रोगीको नि:शुल्क अप्रेसन « Khabarhub

वैतेश्वरले सुरु गर्‍यो आँखा रोगीको नि:शुल्क अप्रेसन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिकाले आफ्नै सहयोगमा पालिका भित्रका आँखा रोगीको शल्यक्रिया गर्न सुरु गरेको छ ।

आँखा रोगको कारण कुनै नागरिकले अन्धोपन भोग्नु नपरोस् भन्दै पालिका अध्यक्ष छवि लामाले पालिकामा शिविर सञ्चालन गरेर शिविरमा अप्रेसन गर्नुपर्ने समस्या देखिएका बिरामीलाई काभ्रेको बनेपामा रहेको मासुनाँगा आँखा अस्पताल लगेर अप्रेसन गर्न बिरामी पठाइएको अध्यक्ष लामाले बताए ।

वैतेश्वरका-८ वडामा ८ दिनसम्म नि:शुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गर्दा नौ सय २४ जनाको आँखा परीक्षण गरिएको थियो ।

पालिकाले रेयुकाई एईको मासुनाँगा आँखा अस्पताल बनेपासँगको प्राविधिक सहयोग लिएर सञ्चालन गरिएको शिविरबाट ६० जना मोतियाबिन्दुका बिरामी फेला परेको आँखा रोग विशेषज्ञ नेत्रसाहि रेणु विकले बताइन्।

गत आइतबारदेखि सुरु भएको ८ दिने नि:शुल्क आँखा शिविर कार्यक्रम आज सम्पन्न गर्दै ६० जना मोतियाबिन्दुका बिरामी छनोट भएको उनले बताइन् ।

बैतेश्वर गाउँपालिका भित्रका ८ वटै वडाहरूमा प्रत्येक दिन  सञ्चालन गरिएको शिविरमा नौ सय २४ जनाको आँखा परीक्षण गर्दा  ३५ जना पुरुष र २५ जना महिलागरि जम्मा ६० जनामा मोतियाबिन्दुको समस्या झेलिरहेका बिरामी भेटिएको र पालिकाले उनीहरूको अप्रेसन पनि नि:शुल्क गर्ने व्यवस्थापन गरिदिएको वैतेश्वरका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले बताए ।

उनीहरूलाई पहिलो चरणमा पालिका आफैँले बस, खाने बस्ने व्यवस्था मिलाएर पहिलो चरणमा २४ जनाको मोतियाबिन्दुको अप्रेसन गर्न बनेपा लगिएको हो ।अन्य बाकी बिरामीलाई पनि त्यहीँ लगेर अप्रेसन गरिने छ ।

 उक्त शिविरमा ५ सय ११ जना महिला र ४ सय १५ जना पुरुषले आँखा जाँच गरेका थिए। त्यसै गरी २ जनामा जलबिन्दु र २ सय ७६ जनालाई भने चस्मा वितरण गरीएको थियो । -सुवास बस्नेत/ दोलखा

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ३४ बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग