चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ? « Khabarhub

चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ चौथो सातामा प्रदर्शनरत छ । वैशाख २६ बाट प्रदर्शनमा आएको यो फिल्म गत शुक्रबारबाट चौथो सातामा प्रवेश गरेको छ ।

यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले सुपरहिटको मान्यता दिएको छ । यो फिल्मको अकुपेन्सी राम्रो छ भन्ने उदाहरण हो ।

योसँगै सोही मितिमा फिल्म ‘जार’ प्रदर्शनमा आएको थियो । जेठ २ गते दुई फिल्म ‘के घर के डेराः घर नम्बर २’ र ‘हेलो काँसीराम’ प्रदर्शनमा आए ।

जेठ ९ मा महानायक राजेश हमालको ‘कमब्याक’ फिल्म ‘नरसिंहा : अभतार’ प्रदर्शनमा आयो । अर्थात्, चार फिल्मसँग हलमा प्रतिस्पर्धा गर्दा पनि यसको अकुपेन्सी उच्च छ ।

फिल्म निर्माण कम्पनी ‘आर्टमाण्डु’ले तेस्रो साताको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । उसको दाबी अनुसार फिल्मले यो अवधिमा १० करोड ५ लाखको व्यापार गरेको छ ।

आर्टमाण्डुका अनुसार यो फिल्मले तेस्रो सातामा मात्रै एक करोड ९० लाखको ग्रस कलेक्सन गरेको छ । यो फिल्मले पहिलो साता पाँच करोड ७५ लाख र दोस्रो साता २ करोड ३५ लाख ग्रस कलेक्सन गरेको थियो ।

अर्थात् पहिलो साताको तुलनामा दोस्रोमा यसको ग्रस कलेक्सन तीन करोड ४० लाखले घटेको छ । दोस्रो साताको तुलनामा तेस्रो साता ४५ लाखले घटेको छ ।

तथापि तेस्रो सातामा उक्त रकम बराबरको ग्रस कलेक्सन हुनुलाई राम्रो अकुपेन्सी मानिन्छ । यो दर्शकले फिल्म मन पराएको उदाहरण पनि हो ।

फिल्ममा नायक विपीन कार्की र मिरुना मगर शीर्ष भूमिकामा छन् । फिल्मको निर्देशक र लेखक नवीन चौहान हुन् । उनको यो डेब्यू फिल्म हो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ३६ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको