चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ? « Khabarhub

चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ चौथो सातामा प्रदर्शनरत छ । वैशाख २६ बाट प्रदर्शनमा आएको यो फिल्म गत शुक्रबारबाट चौथो सातामा प्रवेश गरेको छ ।

यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले सुपरहिटको मान्यता दिएको छ । यो फिल्मको अकुपेन्सी राम्रो छ भन्ने उदाहरण हो ।

योसँगै सोही मितिमा फिल्म ‘जार’ प्रदर्शनमा आएको थियो । जेठ २ गते दुई फिल्म ‘के घर के डेराः घर नम्बर २’ र ‘हेलो काँसीराम’ प्रदर्शनमा आए ।

जेठ ९ मा महानायक राजेश हमालको ‘कमब्याक’ फिल्म ‘नरसिंहा : अभतार’ प्रदर्शनमा आयो । अर्थात्, चार फिल्मसँग हलमा प्रतिस्पर्धा गर्दा पनि यसको अकुपेन्सी उच्च छ ।

फिल्म निर्माण कम्पनी ‘आर्टमाण्डु’ले तेस्रो साताको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । उसको दाबी अनुसार फिल्मले यो अवधिमा १० करोड ५ लाखको व्यापार गरेको छ ।

आर्टमाण्डुका अनुसार यो फिल्मले तेस्रो सातामा मात्रै एक करोड ९० लाखको ग्रस कलेक्सन गरेको छ । यो फिल्मले पहिलो साता पाँच करोड ७५ लाख र दोस्रो साता २ करोड ३५ लाख ग्रस कलेक्सन गरेको थियो ।

अर्थात् पहिलो साताको तुलनामा दोस्रोमा यसको ग्रस कलेक्सन तीन करोड ४० लाखले घटेको छ । दोस्रो साताको तुलनामा तेस्रो साता ४५ लाखले घटेको छ ।

तथापि तेस्रो सातामा उक्त रकम बराबरको ग्रस कलेक्सन हुनुलाई राम्रो अकुपेन्सी मानिन्छ । यो दर्शकले फिल्म मन पराएको उदाहरण पनि हो ।

फिल्ममा नायक विपीन कार्की र मिरुना मगर शीर्ष भूमिकामा छन् । फिल्मको निर्देशक र लेखक नवीन चौहान हुन् । उनको यो डेब्यू फिल्म हो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ३६ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी