राजावादीको आन्दोलनले सरेको ‘महाभोज’ जेठ ३० मा पुग्यो « Khabarhub

राजावादीको आन्दोलनले सरेको ‘महाभोज’ जेठ ३० मा पुग्यो


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगीको मुद्दा उठान गरेको फिल्म ‘महाभोज’को प्रदर्शन देशमा विकसित राजनीतिक घटनाक्रमले पछि सरेको छ ।

जेठ १५ गते प्रदर्शन मिति तोकिएको यस फिल्म सोही दिन राजावादीको र नेकपा एमालेको शक्ति प्रदर्शन हुने भएपछि रोकिएको थियो ।

यो फिल्मको जेठ १३ गते स्पेशल प्रि-भ्यू पनि गरिएको थियो । १४ गते दिउँसो प्रदर्शन स्थागित गरेको सूचना निर्माण पक्षले निकालेको थियो ।

सुरुमा यो फिल्मको प्रदर्शन स्थगन गरिएको मात्रै जानकारी दिइएको थियो । नयाँ प्रदर्शन मितिबारे निर्माण पक्षले केही जानकारी दिएको थिएन ।

शनिबार निर्माण पक्षले जेठ ३० लाई नयाँ प्रदर्शन मिति तोकिएको जानकारी दिएको छ ।

पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शनमा ल्याउने अवस्था नबनेकामा निर्देशक राउतले माफीसमेत मागेका छन् ।

उनले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको फिल्म केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।’

विकास सुबेदीले लेखेको यस फिल्ममा नायकहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिकाहरु मलिका महत, गौमाया गुरुङ र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : २१ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको