विश्वकप लिग-२: स्कटल्यान्डसँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२: स्कटल्यान्डसँग भिड्दै नेपाल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ। नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो। पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो। सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ।

नेपालले यसअघि लिग-२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो। नेपाल र स्कटल्यान्डबीच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ।

यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ। एक खेल भने रद्द भएको थियो। सोमबारदेखि लिग-२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो।

नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भयो भने आइतबारका लागि तय भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। लिग-२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ। यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग-२ मा १२ खेलबाट ६ अङ्क जोड्दै तालिकाको अन्तिममा छ। १६ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र सातौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ।

नेपाले यस सिरिजको पहिलो खेल सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ।

नेपाली टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्। नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : २५ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण