कोलोराडोमा प्रदर्शनमै भयो हमला « Khabarhub

कोलोराडोमा प्रदर्शनमै भयो हमला


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कोलोराडो – अमेरिकाको कोलाराडो सहरमा भएको प्रो इजरायली प्रदर्शनमा एक व्यक्तिले आगो लगाउँदा दर्जनौँ घाइते भएका छन्। त्यस घटनाको बारे छानबिन भइरहेको छ भने एफबिआईले लक्षित आपराधिक गतिविधिको संज्ञा दिएका छन्। स्थानीय अधिकारीले भने यस घटनामा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

ती व्यक्तिले प्रज्वलन युक्त तरल पदार्थ भएको बोतल फ्याकेका थिए। त्यसपछि नै आगो लाग्न सुरु भएको हो। कत्ति वटा बोतल फ्याँकियो भन्ने यकिन भएको छैन।

अमेरिकामा रन फर देयर लाइभ्स नामको समूहले प्रदर्शन गरेको थियो। सो समूहले ७ अक्टोबर २०२३ मा हमासले बन्दी बनाएकाहरूको रिहाइका लागि अनुरोध गर्दै आएको छ। सो समूहमा संसार भरका करिब २५० जना रहेको अनुमान छ। अमेरिकाका साताको एक पटक उनीहरूको भेटघाट हुने गरेको छ।

घटनामा शङ्कास्पद व्यक्तिलाई आतङ्ककारी मुद्दा लगाउने या अन्य भन्ने तय भइसकेको छैन। उनको मानसिक स्वास्थ्यको यकिन पनि भइसकेको छैन।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : २१ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट