फिल्म ‘जनै हराएको बाहुन’ बन्यो ‘जनै हराएको मान्छे’ « Khabarhub

फिल्म ‘जनै हराएको बाहुन’ बन्यो ‘जनै हराएको मान्छे’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति भदौ ६ लाई तोकिएको थियो ।

‘पूर्णबहादुरको सारङ्गी’पछि यही फिल्ममा विजय शीर्ष भूमिकामा देखिँदै छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम जारी छ ।

यो फिल्मको नाम घोषणादेखिनै विवादमा परेको थियो । हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्तिहरुले यो फिल्मको नाममा चासो देखाएका थिए ।

उनीहरुले आफ्नो आस्था र संस्कारलाई नकारात्मक व्यङग्य भएको भन्दै चासो देखाएका थिए । यस विषयमा फिल्म निर्माण पक्षले ध्यानकर्षण भएको बताएको छ ।

निर्माण पक्षले यस फिल्मको नाम परिवर्तन गरेको छ । सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले नाम परिवर्तन गरेको हो । अब यस फिल्मको नयाँ नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरु’ राखिएको छ ।

फिल्मको प्रदर्शनमा बाधा आउने जोखिम रहेको भन्दै नाम परिवर्तन गरिएको निर्माण पक्षको दाबी छ ।

यस फिल्ममा विजयसहित नायिका केकी अधिकारी र मिरुना मगर शीर्ष भूमिकामा छन् । हिमाल न्यौपानेको निर्देशन रहने यो फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिपको ब्यानरमा बनेको यस फिल्मका निर्माताहरु कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : २३ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ