बंगलादेशले नयाँ नोटमा बंगबन्धु शेख मुजिबुर रहमानको अनुहार हटाएर ऐतिहासिक धरोहरका तस्बिर राख्ने « Khabarhub

बंगलादेशले नयाँ नोटमा बंगबन्धु शेख मुजिबुर रहमानको अनुहार हटाएर ऐतिहासिक धरोहरका तस्बिर राख्ने


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले आफ्नो मुद्रा रिडिजाइन गर्ने भएको छ । बंगलादेशको केन्द्रिय बैंकले ५ सय, २ सय, १ सय, १०, पाँच र दुई टका दरका नोट रिडिजाइन गर्न लागेको हो ।

बंगलादेश बैंकले नयाँ मुद्रामा ऐतिहासिक एवम् पुरातात्विक वास्तुकलाका तस्बिर राख्न लागेको ढाका ट्रिब्युनले जनाएको छ । नयाँ नोटमा कुनै पनि मानिसको तस्बिर नराखिने जनाइएको छ ।

यसअघि बंगलादेशका टकामा बंगलादेशका संस्थापक राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानका तस्बिर अंकित गरिएको थियो ।

आइतबार १ हजार, ५० र २० टका दरका नयाँ नोट प्रचलनमा आइसकेका छन् । नयाँ नोटसँगै यसअघि प्रचलनमा रहेका नोट पनि चल्ने जनाइएको छ ।

मुजिबुर रहमानकी छोरी शेख हसिनाले चर्को अन्दोलनसँगै गत अगस्ट महिनामा पद त्याग गरेर भारत भागेसँगै नयाँ नोट प्रचलनमा आउन लागेको हो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : २३ बजे

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय

सबै प्रकारका विभेदको अन्त्य जरुरी : राष्ट्रपति पौडेल 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले