'बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ' | Khabarhub Khabarhub

‘बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्ने बताएका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर पौडेलले कर्जा विस्तारलाई केन्द्रीकृत गर्नुभन्दा उत्पादन क्षेत्रलाई ध्यान दिएर कर्जा विस्तार गर्नुपर्ने बताएका हुन् ।

अहिले कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको विषय राष्ट्र बैंकको चासोको विषय भएको उनले बताए ।

उनले कर्जा विस्तारको तथ्याङ्कलाई हेर्दा केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिएको धारणा राखे  ।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गभर्नर पौडेलले वित्तीय संस्थाका सञ्चालकले के–कति कर्जा लिन पाउने–नपाउने भन्ने विधेयकमार्फत स्पष्ट भएर आउने बताए ।  

बैठकमा सांसदहरूले बैङ्क तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमनका लागि प्रभावकारी व्यवस्थाका साथ विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०२ बजे

ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा