करिश्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि « Khabarhub

करिश्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सदावहार अभिनेत्री करिष्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ को उपाधिबाट सम्मानित गरिएको छ । रिबन इन्टरटेनमेन्टले शनिबार विवाहित महिलाबीच गरेको सौन्दर्य प्रतियोगितामा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशन उपाधि प्रदान गरेको हो ।

कार्यक्रममा पूर्व प्रधानसेनापति र अभिनेता राजेश हमालले मानन्धरलाई क्राउन लगाइदिए । अभिनेत्री मानन्धरले यो पललाई अमूल्य समय भएको बताएकी छिन् ।

प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौलले हात पारिन् भने महोत्तरीकी रंगीना लाईकग्बमाई ‘एमएस नेपाल इन्टरनेशनल २०१९’ को उपाधि प्रदान गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा उपाधि जितेकी भाविषालाई स्कुटर प्रदान गरियो ।

विभिन्न पेशामा आवद्ध ३० जना विवाहित महिलाबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा रोजिना भट्टराई फर्स्ट रनर्स अप, स्नेहा राउत थापा सेकेन्ड रनर्स अप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड़ मल्ल मष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस घोषित भए ।

प्रतियोगितामा पूर्वप्रधानसेनापति रुकमाङ्गद कट्वाल प्रमूख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णायक रहेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : १७ बजे

हुम्लामा दुई मतदानस्थल थपिए

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा

८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै