बलिउड नायिका दिशा पटानी हलिउडमा डेब्यू गर्दै, सुटिङ पूरा हुँदा पनि कुरा गोप्य « Khabarhub

बलिउड नायिका दिशा पटानी हलिउडमा डेब्यू गर्दै, सुटिङ पूरा हुँदा पनि कुरा गोप्य


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका दिशा पटानीले हलिउड फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनले फिल्म ‘होलिगार्ड्स’को छायाङ्कन पूरा गरेको खबर बाहिरिएको छ ।

यो फिल्मको निर्देहशक केविन स्पेसी हुन् । उनी हलिउडका चर्चित निर्देशक हुन् । उनले कलाकारकारुपमा विभिन्न प्रतिष्ठित अवार्ड जितेका छन् ।

केभिनले २० वर्षको विश्रामपछि फिल्म निर्देशन गर्न लागेका हुन् । दिशा अनुबन्ध भएको फिल्म ‘स्टेटगार्डस भर्सेस होलिगार्डको’ फ्रेन्चाइज हो । यो एक्सन-हरर जनारमा तयार हुने फिल्म हो ।

यो पनि : ‘हेराफेरी ३’ विवादले परेश रावल ‍दिक्क – भन्छन्- मुक्ति चाहियो

यस फिल्मको छायाङ्कन मेक्सिकोको डुराङ्गोमा सम्पन्न भएको बुझिएको छ । यस फिल्ममा दिशासहित डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रियाना हिलडेब्रान्डलगायत कलाकार रहेको छन् ।

अहिले यो फिल्म पोस्टप्रोडक्सनमा छ । निर्माण पक्षले फिल्ममा दिशाको अभियनबारे केही खुलाएको छैन । फिल्मको छायाङ्कन पूरा हुँदासम्म दिशाले यो कुरा गोप्य नै राखेकी छन् ।

अन्तर्राष्ट्रिय मिडिया भेराइटीले स्रोतको भनाइ उदृत गर्दै लेखेको छ, ‘दिशा यो वर्ष जनवरीमा मेक्सिकोमा थिइन्। हलिउड कलाकारसँग उनले एक फिल्म गरेकी छन् ।’

केही समयअघि दिशाले सामाजिक सञ्जालमा मेक्सिकोमा खिचेको तस्बिर राखेकी थिइन् । उक्त तस्बिर छायाङ्कनका क्रममा खिचिएको अड्कलबाजी भइरहेको छ ।

‘होलिगार्ड्स’ दिशाको पहिलो विदेशी फिल्म भने होइन । यो उनलाई हलिउडमा डेब्यू गराउने फिल्म भने हो । उनले सन् २०१७ मा ज्याकी च्यानसँग ‘कुङ्ग फु योगा’ नामक विदेशी फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २२ बजे

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता