बलिउड नायिका दिशा पटानी हलिउडमा डेब्यू गर्दै, सुटिङ पूरा हुँदा पनि कुरा गोप्य « Khabarhub

बलिउड नायिका दिशा पटानी हलिउडमा डेब्यू गर्दै, सुटिङ पूरा हुँदा पनि कुरा गोप्य


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका दिशा पटानीले हलिउड फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनले फिल्म ‘होलिगार्ड्स’को छायाङ्कन पूरा गरेको खबर बाहिरिएको छ ।

यो फिल्मको निर्देहशक केविन स्पेसी हुन् । उनी हलिउडका चर्चित निर्देशक हुन् । उनले कलाकारकारुपमा विभिन्न प्रतिष्ठित अवार्ड जितेका छन् ।

केभिनले २० वर्षको विश्रामपछि फिल्म निर्देशन गर्न लागेका हुन् । दिशा अनुबन्ध भएको फिल्म ‘स्टेटगार्डस भर्सेस होलिगार्डको’ फ्रेन्चाइज हो । यो एक्सन-हरर जनारमा तयार हुने फिल्म हो ।

यो पनि : ‘हेराफेरी ३’ विवादले परेश रावल ‍दिक्क – भन्छन्- मुक्ति चाहियो

यस फिल्मको छायाङ्कन मेक्सिकोको डुराङ्गोमा सम्पन्न भएको बुझिएको छ । यस फिल्ममा दिशासहित डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रियाना हिलडेब्रान्डलगायत कलाकार रहेको छन् ।

अहिले यो फिल्म पोस्टप्रोडक्सनमा छ । निर्माण पक्षले फिल्ममा दिशाको अभियनबारे केही खुलाएको छैन । फिल्मको छायाङ्कन पूरा हुँदासम्म दिशाले यो कुरा गोप्य नै राखेकी छन् ।

अन्तर्राष्ट्रिय मिडिया भेराइटीले स्रोतको भनाइ उदृत गर्दै लेखेको छ, ‘दिशा यो वर्ष जनवरीमा मेक्सिकोमा थिइन्। हलिउड कलाकारसँग उनले एक फिल्म गरेकी छन् ।’

केही समयअघि दिशाले सामाजिक सञ्जालमा मेक्सिकोमा खिचेको तस्बिर राखेकी थिइन् । उक्त तस्बिर छायाङ्कनका क्रममा खिचिएको अड्कलबाजी भइरहेको छ ।

‘होलिगार्ड्स’ दिशाको पहिलो विदेशी फिल्म भने होइन । यो उनलाई हलिउडमा डेब्यू गराउने फिल्म भने हो । उनले सन् २०१७ मा ज्याकी च्यानसँग ‘कुङ्ग फु योगा’ नामक विदेशी फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २२ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या