करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित « Khabarhub

आईसीसी विश्वकप लिग २

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो ।

२९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे । ४१ बलको सामना गरेका करणले तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।

त्यसअघि आजको खेलमा नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले सानदार अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले ११ चौकासहित ५३ रन बनाए । अर्का ओपनर आसिफले ३३ बलमा २० रन बनाए ।

त्यसपछि नेपालको ब्याटिङ सम्हाल्न आएका भीम सार्की र कप्तान रोहित पौडेलले पनि सन्तोषजनक प्रदर्शन गरे । सार्कीले ४८ बलमा ४० रन बनाउँदा कप्तान पौडेल ३७ रन पेभेलियन फर्किए । यस्तै विस्फोट ब्याटिङ गरेका गुल्शन झाले ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाए । दीपेन्द्र सिंह ऐरी, सोम्पाल कामी र आरिफ शेखको ब्याट आज चल्न सकेन ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल साताैं स्थानमा उक्लिएकाे छ भने पराजित भएकाे स्कटल्याण्ड चाैथाे स्थानमा यथावत् छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ११ : ४८ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी