आज २०८२ साल जेठ २० गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ २० गते मंगलबारको राशिफल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २० गते मंगलबार। जेठ शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुन ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ। लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। राज्यका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। हरेक काममा सचेत भएर मिहिनेत गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मनमा शान्ति मिल्नेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काम बन्ने देखिन्छ। व्यापारको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने छ। श्रमको मूल्य प्राप्त हुने योग छ।

कर्कट : गुम्न लागेको धन प्राप्त हुनेछ। योजना अनुसार अगाडि बढेमा सोचेको राम्रो काम बन्नेछ। साथीसँग मिलेर गरेको व्यापारबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। कम बोल्ने र धेरै मिहिनेत गर्नुपर्ने बानीको विकास गर्नु उचित हुन्छ। मिहिनेत अनुसार नै सोचेको काम बन्नेछ। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : परिवारमा तनाव बढ्ने दिन छ। खर्च गर्दा विशेष ख्याल गर्नुपर्नेछ। मन अशान्त हुने जोखिम छ। मिहिनेत गरेमा व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने दिन छ।

तुला : दिन राम्रो छ। सम्पत्ति बढ्ने योग छ। ठुलो मिहिनेतपछि आम्दानीका स्रोत पत्ता लाग्नेछ। शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन धेरै नै राम्रो छ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। संकटमा साथीभाइले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्र्रो भए पनि रोगले सताउने छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुन्छ। मिल्ने साथीले धोका दिने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ।

मकर : दिन राम्रो छ। धन सञ्चित गर्ने समय छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : लामो समयदेखि देखिएको मानसिक तनाव कम हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्दा हरेक क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुने योग छ।

मीन : पारिवारिक बोझले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित होला। आफन्तले सहयोग भन्दा असहयोग बढी गर्नेछन्। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ०० बजे

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह

काठमाडौं– राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर