आज २०८२ साल जेठ २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २० गते मंगलबारको राशिफल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २० गते मंगलबार। जेठ शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुन ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ। लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। राज्यका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। हरेक काममा सचेत भएर मिहिनेत गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मनमा शान्ति मिल्नेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काम बन्ने देखिन्छ। व्यापारको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने छ। श्रमको मूल्य प्राप्त हुने योग छ।

कर्कट : गुम्न लागेको धन प्राप्त हुनेछ। योजना अनुसार अगाडि बढेमा सोचेको राम्रो काम बन्नेछ। साथीसँग मिलेर गरेको व्यापारबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। कम बोल्ने र धेरै मिहिनेत गर्नुपर्ने बानीको विकास गर्नु उचित हुन्छ। मिहिनेत अनुसार नै सोचेको काम बन्नेछ। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : परिवारमा तनाव बढ्ने दिन छ। खर्च गर्दा विशेष ख्याल गर्नुपर्नेछ। मन अशान्त हुने जोखिम छ। मिहिनेत गरेमा व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने दिन छ।

तुला : दिन राम्रो छ। सम्पत्ति बढ्ने योग छ। ठुलो मिहिनेतपछि आम्दानीका स्रोत पत्ता लाग्नेछ। शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन धेरै नै राम्रो छ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। संकटमा साथीभाइले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्र्रो भए पनि रोगले सताउने छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुन्छ। मिल्ने साथीले धोका दिने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ।

मकर : दिन राम्रो छ। धन सञ्चित गर्ने समय छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : लामो समयदेखि देखिएको मानसिक तनाव कम हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्दा हरेक क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुने योग छ।

मीन : पारिवारिक बोझले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित होला। आफन्तले सहयोग भन्दा असहयोग बढी गर्नेछन्। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ०० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने