हुन सकेन रुस र युक्रेनको युद्ध विराम « Khabarhub

हुन सकेन रुस र युक्रेनको युद्ध विराम

रुसले गर्यो निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति वार्ता असफल भएको छ। युक्रेनी अधिकारीका अनुसार रुसले निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार गरेको हो। यसका बाबजुद दुवै देश सेनाका १२ हजार शव हस्तान्तरण गर्न राजी भएका छन्।

रुसले भने आफूले दुई तनि दिनका लागि फ्रन्ट लाइनमा युद्ध विरामको प्रस्ताव राखेको बताएको छ। सोमबार इस्तानबुलमा एक घण्टा भन्दा बढी समय लगाएर सकिएको वार्तामा युद्धको क्रममा धेरै बिरामी भएका बन्दी रिहा गर्न सहमति भएको हो। वार्ताको सुरुवातमा दुवै देश युद्ध अन्त्यका लागि तयार हुने अपेक्षा गरिएको थियो।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अहिलेसम्म २० प्रतिशत भू-भाग लिइसकेको जनाइएको छ। यसमा सन् २०१४ देखि नियन्त्रणमा राखेको क्रिमिया समेत छ।

वार्तापछि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व गरेका रक्षामन्त्री रुस्तेम उमरेभोले कम्तीमा ३० दिनका लागि निःसर्त युद्ध विरामको प्रस्ताव राखेको बताए। यसले अहिलेको जस्तो मान्छे मर्नेक्रम रोकिने उनले बताए। दुवै देशले राखेको प्रस्तावका बारे पुरै विवरण बाहिर आएको छैन। वार्तामा रुसले आफूले कब्जा गरेको स्थानबाट युक्रेनी सेना पूर्ण रूपमा हट्नु पर्ने माग राखेको छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको