‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, बिहीबारबाट छायाङ्कन « Khabarhub

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, बिहीबारबाट छायाङ्कन


२० जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त भएको छ । निर्माण पक्षले मंगलबार कमलादीस्थित क्यामेरा र स्क्रिप्टको पूजा गरेको हो ।

मुहुर्त कार्यक्रममा फिल्मका शीर्ष कलाकारहरु नायक अर्पण थापा, नायिका श्रृष्टि श्रेष्ठ र नायक आयुसमान जोशी पनि उपस्थित थिए ।

निर्देशक चौहानले यो फिल्मको छायाङ्कन बिहीबार अर्थात् जेठ २२ गतेबाट सुरु हुने बताए । काठमाडौं सेरोफेरमा २० दिनमा फिल्मको छायाङ्कन सक्ने योजनामा चौहान रहेका छन् ।

चौहानको यो डेब्यू निर्देशन हो । यसअघि उनले फिल्म ‘बलिदान’मा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

साइकोलोजिकल थ्रिलर जनरामा यो फिल्मको स्काइफल पिक्चर्सको प्रस्तुतीमा बन्न लागेको हो । यो फिल्म सन् २०२५ भित्रै प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ३ : २१ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६