‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, बिहीबारबाट छायाङ्कन « Khabarhub

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, बिहीबारबाट छायाङ्कन


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त भएको छ । निर्माण पक्षले मंगलबार कमलादीस्थित क्यामेरा र स्क्रिप्टको पूजा गरेको हो ।

मुहुर्त कार्यक्रममा फिल्मका शीर्ष कलाकारहरु नायक अर्पण थापा, नायिका श्रृष्टि श्रेष्ठ र नायक आयुसमान जोशी पनि उपस्थित थिए ।

निर्देशक चौहानले यो फिल्मको छायाङ्कन बिहीबार अर्थात् जेठ २२ गतेबाट सुरु हुने बताए । काठमाडौं सेरोफेरमा २० दिनमा फिल्मको छायाङ्कन सक्ने योजनामा चौहान रहेका छन् ।

चौहानको यो डेब्यू निर्देशन हो । यसअघि उनले फिल्म ‘बलिदान’मा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

साइकोलोजिकल थ्रिलर जनरामा यो फिल्मको स्काइफल पिक्चर्सको प्रस्तुतीमा बन्न लागेको हो । यो फिल्म सन् २०२५ भित्रै प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : २१ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज